
काठमाडौं, एभरेस्ट प्रिमियर लिग (इपीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत विराटनगर वारियर्स विजयी भएको छ । आइतबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा विराटनगरले काठमाडौं किङ्स इलेभनलाई ७ रनले पराजित गरेको हो ।
निर्धारित समयमा टस हुन नसकेपछि खेल ८ ओभरमा झारिएको खेलमा १०५ रनको लक्ष्य पाएको काठमाडौं ३ विकेट गुमाउँदै ९७ रनमा समेटिएको हो ।
यसैगरी काठमाडौंका लागि ओपनर रहमानउल्लाह गुरबाजले २८ रन जोडेका थिए। राजु रिजालले र रायन बर्लले क्रमशः २४ र १५ रन बनाएका थिए ।
सुवास खकुरेलले २६ रनको योगदान गरे । असहन प्रियञन शून्यमै आउट भएका थिए भने विराटनगरका लागि रयानखान पठानले दुई विकेट लिँदा प्रतिश जिसीले एक विकेट लिए । यसअघि ब्याटिङ गरेको विराटनगरले ८ ओभरमा ५ विकेट गुमाउँदै १०४ रन बनाएको थियो ।
विराटनगरको लागि अनिल शाहले सर्वाधिक ४५ रन बनाएका थिए । अविजित रहेका अनिलले १६ बल खेल्दै २ चौका र ५ छक्का हिर्काएका थिए ।







