October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

इपिएल: पोखरासँग ७ विकेटले पराजित हुँदै लिगबाटै बाहिरियो विराटनगर वारियर्स 

काठमाडौं, लगातार चौथो हारसँगै विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग (इपिएल) को लिगबाटै बाहिरिएको छ । शनिबार भएको खेलमा पोखरा राइनोजसँग ७ विकेटले पराजित हुँदै विराटनगर लिगबाटै बाहिरिने पहिलो टोली बनेको हो ।

आज टियु क्रिकेट मैदानमा भएकाे खेलमा जितको लागि १ सय ७३ रनको विजयी लक्ष्य पछ्याएको पोखराले १७.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको थियो भने पोखराका असेला गुणरत्ने २४ बलमा ४ चौका र ३ छक्का सहित ५० रनमा अविजित रहेका थिए ।

उनले कप्तान करण केसीलाई छक्का प्रहार गर्दै जित पक्का गराए । यसैगरी ओपनर रिचार्ड लेभी २६ बलमा ४ चौका र ३ छक्का सहित ४७ रनमा क्याच आउट भए । बायाँ हाते तीव्र गतिका बलर प्रतिश जि.सी. ले दोस्रो ओभरको दोस्रो बलमा रित गौतमलाई ५ रनमा फस्ट स्लिपमा हरि चौहानबाट क्याच आउट गराएका थिए ।

स्पिनर सिकन्द राजाको बलामा ठूलो सट खेलेका रचार्ड लेभी एज लागेर चौहानबाट क्याच आउट भएपछि अर्धशतक बनाउन चुकेका थिए । साहन आर्चाचिगेले ३६ बलमा ४ चौका र १ छक्का सहित ४३ रनमा क्याच आउट भए । विनोद भण्डारी १६ बलमा १५ रनमा अविजित रहे । विराटनगरका प्रतिश जि.सी, सिकन्द राजा र हरि चौहानले १–१ विकेट लिए ।

यस्तै लिग चरणबाट बाहिरिने पक्का भएकाे विराटनगरले आइतबार काठमाडौंसँग खेल्ने छ भने पोखराले सोमबार काठमाडौंसँग खेल्ने छ ।

शीर्ष समाचार

धेरै पढिएको