
काठमाडौं, उपत्यकामा जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट अन्तर्गत आज काठमाडौं किंग्स ११ र भैरहवा ग्लाडियटर्स बीचको खेल रद्द भएको छ । सामान्य वर्षापछि मैदान भिजेका कारण टस नै नभई खेल रद्द भएकाे हाे ।
वर्षा र मैदान भिजेका कारण रद्द भएको यो पाँचौं खेल हो भने यसमध्येका तीन खेल टस नै नभई रद्द भएका थिए ।
यसैगरी काठमाडौं २ खेलमा १ मा जित र १ मा हार सहित पाँचौ स्थानमा छ भने भैरहवा ३ खेलमा १ मा जित सहित ४ अंक सहित दोस्रो स्थानमा छ ।
काठमाडौंले आइतबार विराटनगर वारियर्ससँग खेल्ने छन् । भैरहवाले सोमबार चितवन टाइगर्स खेल्ने छ । शनिबार दोस्रो खेलमा विराटनगर र पोखराबीच प्रतिस्पर्धा हुने छ







