October 20, 2021, Wednesday
२०७८ कार्तिक ३, बुधबार

आईपीएल: पञ्जाब किंग्ससँग कोलकाता ५ विकेटले पराजित

दुबई, इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जब किंग्सले कोलकाता नाइट राइजर्सलाई ५ विकेटले पराजित  गरेको छ । जीतसँगै पञ्जाब १० अङ्कसहित पाँचौँ स्थानमा उक्लिएको छ ।

गए रातिको खेलमा कोलकाताले प्रस्तुत गरेको १६६ रनको लक्ष्य पञ्जाबले १९.३ ओभरमा ५ विकेटको क्षतिमा सफलतापूर्वक पछ्याएको हो ।

अन्तिम ओभरमा पञ्जाबलाई जीतका लागि ५ रनको आवश्यकता रहेको थियो । तर, ओभरको दोस्रो बलमा वेंकटेस अय्यरले ६७ रन बनाएका केएल राहुललाई आउट गर्दै खेललाई रोमाञ्चक बनाएका थिए । तर, अर्को नै बलमा शाहरुख खानले छक्का हिर्काउँदै टोलीलाई जीत दिलाए ।

खानले मात्र ९ बलमा १ चौका र दुई छक्काको मद्दतले २२ रन बनाए । त्यस्तै, ओपनर मयंक अग्रवालले ४० तथा एडन मार्क्रमले १८ रनको योगदान दिए । कोलकाताका लागि वरुण चौधरीले २ विकेट लिए ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको