October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

आईपीएल: पञ्जाबलाई ६ विकेटले हराउँदै मुम्बई इन्डियन्स पाचौँ स्थानमा

दुबई, पञ्जाब किंग्सलाई ६ विकेटले हराउँदै मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) को अंक तालिकामा पाचौँ स्थानमा प्रवेश गरेको छ ।

गए राति भएको खेलमा पञ्जाबले प्रस्तुत गरेको १३६ रनको लक्ष्य मुम्बईले १९ ओभरमा मात्र ४ विकेटको क्षतिमा सफलतापूर्वक पछ्याएको हो ।

यसैगरी मुम्बईलाई जीत दिलाउन हार्दिक पाण्ड्याले शानदार ब्याटिङ गर्दै ३० बलमा नटआउट रहँदै ४० रन बनाएका थिए । उनले छक्का हिर्काउँदै टोलीलाई जीत दिलाए । त्यस्तै सौरभ तिवारीले ३७ बलमा ४५ रनको योगदान दिए भने पञ्जाबका लागि रवि विश्नोईले २ विकेट लिए ।

यसअघि, एडेन मार्करमको ४२ रनको मद्दतले पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३५ रन बनाएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको