October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

मेस्सीको उत्कृष्ट गोलसँगै सिटीसँगको हारको श्रृंखला तोडियो

युइएफए च्याम्पियन्स लिगको समूह चरणको दोस्रो राउण्डको खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पिएसजीले इङ्लिस क्लब म्यानचेष्टर सिटीलाई पराजित गरेको छ । आफ्नो घरेलु मैदान पार्क डे प्रिन्सेसमा आज बिहान सम्पन्न खेलमा स्पेनिश स्टार खेलाडी लियोनल मेस्सीले पीएसजीलाई आफ्नो पहिलो गोल दिलाउँदै २-० गोलले जीत आफ्नो पक्षमा पारेको हो ।

खेलको आठौं मिनेटमा स्ट्राइकर इड्रिसा गाना गुआईले गोलको खाता खोल्दै पिएसजीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ७४औं मिनेटमा लियोनल मेस्सीले सानदार गोल गर्दै सिटीलाई पराजित गरेको हो ।

लियोनल मेस्सी पीएसजीमा आएपछिको यो पहिलो गोल सँगै छ । त्यसैगरी च्याम्पियन्स लिगमा गएराती सम्पन्न आठ खेलहरुमा लिभरपुलले एफसी पोर्टोमाथि ५-१ गोलको फराकिलो जीत निकालेको छ ।

त्यसैगरी एसी मिलान एट्लेटिको मेड्रिडसँग १-२ गोल अन्तरले स्तब्ध बन्न पुगेको छ भने च्याम्पियन्स लिगको सर्वाधिक सफल स्पेनिश क्लब रियल मेड्रिड आफ्नै घरेलु मैदानमा पहिलो पटक च्याम्पियन्स लिग खेलिरहेको मोल्दोभाको एफसी सेरिफसँग १-२ गोलले पराजित भएको छ ।