October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

आईपीएल: मुम्बईमाथि कोलकाताको शानदार जित

दुबई, इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । गएराति सम्पन्न खेलमा कोलकाताले साविक विजेता मुम्बई इण्डियन्समाथि ७ विकेटको शानदार जित निकालेको हो ।

१ सय ५६ रनको लक्ष्य कोलकाताले २९ बल अगावै मात्र तीन विकेट गुमाएर भेट्टाएको थियो  कोलकाताका लागि राहुल त्रिपाठी ७४ रनमा अविजित रहँदा वेंकटेश अइयरले ५३ रन बनाए ।

यसैगरी मुम्बईका जसप्रितम बुमराहले तीन विकेट लिएका थिए । यसअघि आबुधाबीस्थित शेख जायद रंगशालामा टस हारेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा १ सय ५५ रन बनाएको थियो ।

जितसँगै ९ खेलबाट ८ अंकसहित कोलकाता चौथो स्थानमा उक्लिंदा समान खेलबाट समान ८ अंक रहेको मुम्बई छैठौं स्थानमा छ । आज रोयल च्यालेञ्जर्स बेंग्लोर र चेन्नई सुपर किंग्सले प्रतिस्पर्धा गर्नेछन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको