April 25, 2024, Thursday
२०८१ बैशाख १४, शुक्रबार

आईपीएल: पञ्जाब किंग्समाथि राजस्थानको रोमाञ्चक जित

दुबई, इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा राजस्थान रोयल्स विजयी भएको छ ।

आईपीएल क्रिकेट अन्तर्गत राजस्थानले पञ्जाब किंग्समाथि २ रनको रोमाञ्चक जित निकालेको हो । १ सय ८६ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै १ सय ८३ रनमात्र बनाउन सक्यो ।

त्यसका लागि मयंक अग्रवालले ६७ रनको अर्धशतकीय इनिंग्स खेले। त्यस्तै केएल राहुलले ४९ तथा निकोलस पुरणले ३२ रन बनाए । राजस्थानका कार्तिक त्यागीले २ विकेट लिएका थिए ।

यसैगरी पञ्जाबलाई जितका लागि अन्तिम ओभरमा ४ रन आवश्यक भएपनि उसले एक रनमात्र बनाउन सक्यो ।

अन्तिम ओभरमा राजस्थानका कार्तिक त्यागीले १ रन दिएर २ विकेट लिएका थिए । यसअघि दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा अलआउट हुँदै १ सय ८५ रन बनाएको थियो। आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादले प्रतिस्पर्धा गर्नेछन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको