April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार

रोनाल्डोको कीर्तिमान

म्यानचेस्टर युनाइटेड फर्किएपछि च्याम्पियन्स लिगको पहिलो खेलमा क्रिस्टियानो रोनाल्डोले गोल गरे पनि इन्जुरी समयमा गोल खाँदै युनाइटेड यङ ब्वाइजसँग स्तब्ध बनेको छ । मंगलबार राति भएको खेलमा १० खेलाडीमा सीमित युनाइटेड १–२ गोलले पराजित भएको हो ।

च्याम्पियन्स लिगमा सर्वाधिक १७७ खेल खेल्ने कीर्तिमान बराबरी गरेका रोनाल्डोले खेलको १३ औँ मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा युनाइटेडलाई अग्रता दिलाएका थिए । तर वान बिसाकाले रातो कार्ड खाएपछि युनाइटेड खेलको ३५ औँ मिनेटमा नै १० खेलाडीमा सीमित बन्न पुग्यो ।

यसको फाइदा उठाउँदै माउमी एनगामालेउले ६६ औँ मिनेटमा बराबरी गोल फर्काए । बराबरीतर्फ खेल अग्रसर बनिरहँदा रोनाल्डोको स्थानमा मैदान प्रवेश गरेका जेसे लिन्डगार्डले गल्ती गरेपछि जोर्डन सिबात्चेउले गोल गर्दै युनाइटेडलाई स्तब्ध बनाए ।

शीर्ष समाचार

धेरै पढिएको