
काठमाडौं, स्ट्राइकर करिम बेन्चेमाको ह्याट्रिकमा स्पेनिस ला लिगामा रियल म्याड्रिडले सहज जित हात पारेकाे छ । गए राति सम्पन्न भएको खेलमा रियलले ३३ वर्षीय स्ट्राइकर बेन्जेमाको ह्याट्रिकमा सेल्टा भिगोलाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।
रियलको जितमा बेन्जेमाले ह्याट्रिक गर्दा भेनेसुस जुनियर र इडार्डाे कामाभिन्गाले एक/एक गोल गरे । सेल्टा भिगोका लागि शान्ति मिना र फ्रान्को कार्भीले एक/एक गोल गरे पनि टिमलाई हारबाट जाेगाउन सकेनन् ।
यसैगरी खेलमा अग्रता भने भ्रमणकारी टोली सेल्टा भिगोले बनाएको थियो । शान्ति मिनाले चार मिनेटमा सेल्टालाई अग्रता दिलाएका थिए ।
२४ मिनेटमा बेन्जेमाले बराबरी गोल फर्काए। ३१ मिनेटमा गोल गर्दै सेल्टाले पहिलो हाफमा २-१ को अग्रता बनायो । उसका कार्भीले गोल गरे ।
अनुभवी स्ट्राइकर बेन्जेमाले खेलको ४६ मिनेटमा गोल गर्दै टोलीलाई २-२ को अवस्थामा पुर्याए । त्यसपछि भने रियलले खेल पूर्ण रुपमा आफ्नो पक्षमा पार्याे ।
५४ मिनेटमा बेन्चेमाको पासमा जुनियरले गोल गरे । ७२ मिनेटमा रियललाई कामाभिन्गाले ४/२ को अग्रता दिलाए । खेल सकिन ३ मिनेट अघि बेन्चेमाले टोलीका लागि पाँचाै तथा व्यक्तिगत ह्याट्रिक पूरा गरे ।एजेन्सी







