काठमाडौं, नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालसँग पपुवान्युगिनी (पीएनजी) २ विकेटले पराजित भएको छ । पीएनजीले दिएको १३५ रनको लक्ष्यमा नेपालले ६३ बल अगावै पूरा गरेको हो ।
नेपालका लागि ब्याट्सम्यान रोहित पौडेल र सोमपाल कामीको उत्कृष्ट साझेदारीले नेपालले जित हासिल गर्न सफल भएको हो । ओपनरद्वय कुशव भुर्तेल र आसिफ शेखको साझेदारी राम्रो भएपनि त्यसपछि आएका अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।
८२/७ को अवस्थामा पुगेको बेला सोमपाल रोहितलाई साथ दिन मैदान प्रवेश गरेका थिए भने रोहित ६५ बलमा ४१ रन जोड्दै आउट भएका थिए भने सोमपालले अविजित रहि ३२ बलमा २२ रन बनाएका थिए ।
कुशल भुर्तेल र आसिफ शेख क्रमश: १५ र ३० रन बनाएर आउट भएका थिए । त्यस्तै कप्तान ज्ञानेन्द्र मल्ल ६ रनमै आउट भएका थिए ।








