
काठमाडौं, छिमेकी मुलुक भारतले नेपालसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा दोहोरो अग्रता हासिल गरेको छ । आइतबार भएको खेलमा भारतका लागि खेलको ६२ औं मिनेटमा जर्सी नम्बर १२ का फारुक हाजी कासम चौधरीले पहिलो गोल गरेका थिए ।
दोस्रो गोल भारतका कप्तान सुनिल क्षेत्रीले ८० मिनेटमा गरेका हुन् । हाल नेपाल र भारतबीच दशरथ रंगशालमा भइरहेको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरीको स्थितिमा रहेको थियो । नेपालले पहिलो खेलको तुलनामा सुधारिएको प्रदर्शन गरेको छ ।







