
काठमाडौं, नेपाल र भारतबीचको पहिलो मैत्रिपूर्ण फुटबल खेल १–१ गोलको बराबरीमा टुंगिएको छ । आजबाट शुरु भएको उक्त खेलको ३६ औं मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए भने नेपालले आफ्नो अग्रता दोस्रो हाफमा गुमायो ।
यसैगरी दोस्रो हाफको ६० मिनेटमा सुनील क्षेत्रीको सटलाई नेपालका गोलकिपर किरण चेम्जोङले निकै उत्कृष्ट बचाऊ गरेका थिए ।
रिबाउन्ड प्राप्त मौकालाई अनुरुद थापाले मचुकाइ उनले गोल गर्दै भारतलाई बराबरीमा फर्काए । यस्तै नेपाल र भारतबीचको अर्को खेल आइतबार दशरथ रंगशालामै हुनेछ ।







