September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

दुई मैत्रीपूर्ण खेल खेल्नका लागि भारतीय टोली नेपाल आइपुग्यो


काठमाडौं, नेपालसँग दुई मैत्रीपूर्ण खेल खेल्नका लागि भारतीय टोली नेपाल आइपुगेको छ । भारतीय राष्ट्रिय टोली नेपाली फुटबल टिमसँग मैत्रीपूर्ण खेल खेल्नका लागि सोमबार नेपाल आइपुगेको हो ।

भारतले नेपालसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भदौ १७ र २० गते प्रतिस्पर्धा गर्दै छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको भारतीय टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुलीले स्वागत गरेका छन् ।

यसैगरी विमानस्थल ओर्लिएपछि भारतीय टोलीका कप्तान सुनिल क्षेत्रिले नेपालसँगको मैत्रीपूर्ण खेल साफ तयारीका लागि महत्वपूर्ण हुने बताएका छन् । उनले दुई सातामात्र अभ्यास गरेर टोली नेपाली टोलीसागको मैत्रीपूर्ण खेल्न नेपाल आएको बताए ।

यसअघि नेपालसँगको मैत्रीपूर्ण खेलका लागि इन्डिया फुटबल फेडेरेसनले गत शुक्रबार २५ सदस्यीय टिमको घोषणा गरिसकेको थियो । सोही टोली नेपाल आएको हो ।

भारतका मुख्य प्रशिक्षक इगोर स्टिमेकले कप्तान सुनिल क्षेत्री लगायतका सिनियर खेलाडीलाई समावेश गर्दै टिम घोषणा गरेका थिए । कठिन परिस्थितिमा पनि निमन्त्रणा स्विकार गरेर नेपाल आएको टोलीले नेपाल बलियो प्रतिद्वन्द्वी भएको प्रतिक्रिया दिए ।


शीर्ष समाचार

धेरै पढिएको