
काठमाडौं, पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा आवद्ध भएका छन् । युनाइटेडले उनीसँग सम्झौता भएको पुष्टि गरेको छ ।
युनाइटेडले जनाए अनुसार सम्झौता गर्न सहमत भएसँगै अब व्यक्तिगत शर्त, भिसा र मेडिकल हुन बाँकी रहेको छ । रोनाल्डो युनाइटेडमा १२ वर्षपछि फर्किएका हुन् ।
इटालियन क्लब युभेन्ट्सबाट उनी अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीमा जाने चर्चा रहे पनि युनाइटेडले अन्तिममा बाजी मारेको हो ।
यसअघि उनी तीन वर्षअघि युभेन्ट्समा आबद्ध भएका थिए । उनी स्पेनिस फुटबल क्लब रियल म्याड्रिडबाट उनी ९९.२ मिलियन पाउन्डमा युभेन्ट्समा आबद्ध भएका थिए ।







