September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

युभेन्टसले रोनाल्डोको ठाउँमा हजार्डलाई भित्र्याउने

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले क्लब छाडेसँगै उनको स्थानमा रियल म्याड्रिडका एडिन हजार्डलाई भित्र्याउने तयारी युभेन्टसले गरेको छ । स्पेनिस पत्रिका मार्काका अनुसार युभेको अनुबन्ध गर्ने सम्भावित खेलाडीको सूचीमा हजार्ड शीर्ष स्थानमा रहेका छन् ।

रियलका लागि यो सिजन दुवै खेल शुरुवात गरेका हजार्डलाई किलियान एम्बाप्पेको आगमनसँगै सुरुवाती ११ मा पर्न प्रतिस्पर्धा गर्नुपर्ने हुनसक्छ । हजार्ड रियलमा नै रहन चाहन्छन् तर उनी नियमित फुटबल खेल्न चाहन्छन् र क्लबमा महत्त्वपूर्ण रहेको महसुस गर्न चाहन्छन् ।

सन् २०१९ मा १० करोड युरोमा चेल्सीबाट रियल आएपछि हजार्ड चोटको मारमा परेका छन् । ३० वर्षीय खेलाडीले दुई सिजनमा मात्र ५ गोल गर्नुका साथै ९ वटा गोलको अवसर सिर्जना गरेका छन् ।

आर्थिक कारणले गर्दा युभेन्टसले हजार्डलाई ऋणमा अनुबन्ध गर्ने सम्भावना पनि रहेको बताइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको