April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

नेपाल-भारतबीचको मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टोलीको घोषणा

काठमाडौं, राजधानीमा आगामी हुने नेपाल र भारतबीचको दुई मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टोलीको घोषणा भएको छ । नेपाल र भारतबीच भदौ १७ र २० गते दशरथ रंगशालामा मैत्रीपूर्ण खेल हुन लागेको हो ।

कप्तान सुनिल क्षेत्रीसहित २५ सदस्यीय बलियो टोलीको बिहीबार घोषणा भएको छ । उक्त टोलीमा हालै एएफसी कप खेलेका एटलेटिको मोहन बगान र बैंगलुरु एफसीका अधिकांश मुख्य खेलाडीहरु सामेल छन् ।

यसैगरी अनुभवी डिफेन्डर सन्देश झिंगनलाई भने टोलीमा समेटेको छैन । उनी क्रोएसियाको एचएनके सिबेनिकमा गत महिना मात्र अनुबन्धन भएका थिए ।यसैबीच ६ वर्षपछि यी दुई टोलीबीच दशरथ रंगशालामा प्रतिस्पर्धा हुन लागेको हो ।

मुख्य प्रशिक्षक इगोर स्टिम्याकले घोषणा गरेको टोलीमा कप्तान क्षेत्री सहित मनविर सिंह, पहिलो रोजाईका गोलरक्षक गुरप्रित सिंह सन्धु, अनिरुध थापा, बिपिन सिंह, मनविर सिंह, ग्लेन मार्टिन्स, प्रनय हल्दर जस्ता खेलाडीहरु पनि सामेल छन् । यसअघि नेपालसँग खेल्न यू-२३ टाेली पठाउन लागेकाे चर्चा चलेपनि भारतले बलियाे टाेली नेपाल पठाउन लागेकाे हाे ।

शीर्ष समाचार

धेरै पढिएको