September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

टोकियो ओलम्पिकमा गौरिकाको राष्ट्रिय कीर्तिमान 

टोकियो, नेपाली पौडी खेलाडी गौरिका सिंहले टोकियो ओलम्पिक २०२० मा महिला १ सय मिटर फ्रिस्टाइल १ मिनेट ११ मिलिसकेन्डमा पूरा गर्दै बुधबार आफ्नै नामको राष्ट्रिय कीर्तिमानलाई टोकियो अक्वाटिक्स सेन्टरमा सुधार गरेकी छन् ।

नेसनल रेकर्ड बनाउन सकेकोमा एकदम खुशी लागेको उनले बताएकी छन् । हिट्स १ को लेन ४ मा उत्रिएकी १८ वर्षीया गौरिकाले भनिन्, ‘कोभिड १९ को कारण लामो समय प्राक्टिस गर्न पाएको थिएन । ५० मिटरको स्वीमिङ पुलमा ओलम्पिक अघिमात्रै केही दिन अभ्यास गरेकी थिए । त्यहाँ (तोकुसिमा) मेरो कोच पनि थिएन । त्यसलाई पनि टाइफुनले असर पारेको थियो । तैपनि यहाँ (टोकियो ओलम्पिक) रेकर्ड बन्यो । खुशी लागेको छ ।’


उनले ५० मिटरको स्वीमिङ पुल (लङ कोर्स) मा दुई वर्षअघि १८ औं फिना वर्ल्ड च्याम्पियनसिप २०१९ (ग्वाङ्जु, दक्षिण कोरिया) मा निकालेको १ मिनेट ६२ मिलिसेकन्डको रेकर्डलाई टोकियो ओलम्पिकमा सुधार गरेकी हुन् ।

हिट्स १ मा उनीसँगै नाइजेरिया, मोन्टेनेग्रो र ग्वामका खेलाडीले प्रतिस्पर्धा गरेका थिए, जहाँ नाइजेरियाकी एबियोला उगुन्बानयोले ५९.७४ सेकेन्डसाथ पहिलो भइन् । यसमा गौरिका तेस्रो भइन् । यो स्पर्धामा समयको आधारमा शीर्ष १६ खेलाडी सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

शीर्ष समाचार

धेरै पढिएको