
काठमाडौं– फिफा विश्वकप २०२२ कतारको छनोट चरण अन्तर्गत दशरथ रंगशालामा हुने खेलका लागि तयारी गर्न राष्ट्रिय पुरुष फुटबल टोलीका खेलाडी क्वारेन्टिनमा बसेका छन् ।प्रशिक्षण क्वारेन्टिन र पीसीआर परिक्षणपछि मात्र सुरु हुने पनि जनाइएको छ । उपत्यकाबाहिर रहेका खेलाडीहरु राजधानी आइपुग्ने छन् ।
केहि दिन क्वारेन्टिनमा बसेपछि सबै खेलाडीको पीसीआर टेस्ट गरिनेछ । उपत्यकामा रहेका खेलाडीहरु भने आआफ्नै घरमा सेल्फ क्वारेन्टिनमा बस्नेछन् ।फिफा र विश्व स्वास्थ्य संगठन डब्लुएचओले दिएको मापदण्ड अनुसार नै नियम बनाई प्रशिक्षणको तयारी गरिएको बताइएको छ । कोरोना संक्रमणका कारण स्थगित भएका खेलहरु नयाँ खेल तालिका अनुसार नेपालले दसैं र तिहारअघि आफ्नो खेल खेल्नेछ ।
छनोट अन्तर्गत समूह सी मा रहेको नेपालले आफ्नो अन्तिम तीन खेल खेल्न बाँकी रहेको छ । नेपालले बाँकी तीनै खेल आफ्नो घरेलु मैदान दशरथ रंगशालामा खेल्ने कार्यक्रम रहेको छ । photo file





