December 6, 2021, Monday
२०७८ मंसिर २१, मंगलवार

भारतीय क्रीकेटर यशपाल शर्माको हृदयघातबाट निधन

नयाँदिल्ली, भारतीय क्रीकेटर यशपाल शर्माको मंगलबार हृदयघातबाट निधन भएको छ । उनले भारतलाई सन् १९८३ को विश्वकप क्रिकेट उपाधि दिलाउन मद्दत गरेका मध्यपंक्तिका ब्याट्सम्यान हुन् ।

६६ वर्षे उनले १९७८ देखि १९८५ सम्ममा ३७ टेस्ट र ४२ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए भने भारतले इंग्ल्यान्डमा १९८३ को विश्वकप जित्दा शर्मा भारतीय टोलीका दोस्रो सर्वाधिक रनकर्ता थिए ।

उनले उक्त विश्वकपमा दुई अर्धशतक बनाएका थिए । समूह चरणमा भारतले वेस्ट इन्डिजविरुद्ध विजय हात पार्दा ८९ रन बनाएका शर्माले इंग्ल्यान्डविरुद्ध सेमिफाइनलमा पनि ६१ रन बनाएका थिए ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको