July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

जापानको टोयोटामा फुटबल प्रतियोगिता सम्पन्न

टोयोटा, जापानको औद्योगिक नगरी टोयोटामा जापानभर रहेका नेपाली टिमहरुको फुटवल प्रतियोगिता सम्पन्न भएको छ । विश्वकै व्यस्त देश र व्यस्त शहर टोयोटामा दियालो सेभेन ए साईट फुटवल रनिङ्ग कप – २०२१ सफलता पूर्वक सम्पन्न भएको हो ।

खेलको आयोजना धरान एफसिले गरेको हो भने प्रतियोगितामा जापान भरिबाट १६ टिम सहभागी थिए । सहभागी टिमहरुमा एफ सि धरान व्ल्यक, एभ्रेष्ट एफ सि, सिजिओका व्ल्याक, वेनि एफ सि, एनएनएफसि, ओशाका व्रदर्श, काभ्रोलि समाज, कोवे युनाईटेड, एफ सि धरान वाईट सहभागी थिए ।

यसैगरी अन्य टिमहरुमा फुकुओका एफ सि, पोखरा एफ सि, सिजुओका गाईज, सिजुओका ग्रे, योक्काईची एफ सि, एफ सि धरान येल्लो, युनिटि एफ सि सहभागी थिए ।

प्रतियोगितामा सिजुओका गाईज, सिजुओका प्रथम भयो भने एनएनएसि नागोयाले दोश्रो स्थान प्राप्त गर्यो । फाईनल खेल निकै प्रतिस्प्रधात्मक रहेको थियो । खेल ट्राईवेकरमा २ का विरुद्ध ३ को गोल अन्तरले जित तय भएको थियो ।

खेलको विजेताले २ लाख ५२ हजार ५२५ येन नगद, ट्रफि तथा प्रमाणपत्र र उपविजेताले एक लाख ५१ हजार ५१५ येन नगद, ट्रफि तथा प्रमाणपत्र प्राप्त गरे । खेलमा उत्कृष्ट खेलाडी एनएनएफसिका अनिल गुरुङ्ग भए भने म्यान अफ दि म्याच एनएनएफसिकै रोशन गुरुङ्ग घोषित भए । हाई स्कोरर सिजुओका गाईजका साजन प्रधान भए भने बेष्ट गोलकिपर सिजुओकाकै बिवेक थापा भएका थिए ।

अग्रजलाई सम्मान स्वरूप ३५ वर्ष पार गरेका एनआरएनए भेट्रान र नागोया भेट्रानको मैत्रीपूर्ण खेल समेत आयोजना भएको थियो । प्रतियोगितामा एनआरएनए नागोयाले नागोया भेट्रान लाई २ का बिरुद्ध ३ गोलले पराजित गरेको थियो ।

एनआरएनए टिमका क्याप्टेन समेत रहेका एनआरएनए जापानका सल्लाहकार बिमल अधिकारीले आफुले आफ्नो टिमको तर्फ बाट २ गोल गर्न सफल भएको बताउँदै प्रतियोगिता आयोजना गर्ने आयोजकलाई धन्यवाद दिएका छन् । जापान जस्तो व्यस्त देशमा पनि समय निकालेर यति ठूलो आयोजना गर्नु सानो कुरो नभएको उनको भनाई छ ।

प्रतियोगिताको समुद्घाटन समारोह नेपालकै पूर्व किक वक्सिङ्ग खेलाडी एवं प्रशिक्षक देव घिमिरेको र समापन कार्यक्रम एनआरएनए जापानका उपाध्यक्ष दिपक कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा जापानका विभिन्न संघ संस्थामा रहेका नेत्तृत्व तथा प्रतिनिधिहरुको उपस्थिति थियो ।

प्रतियोगिता हेर्न जापान भरिबाट उल्लेखनिय नेपाली र जापनिजहरुको उपस्थिति रहेको थियो । यस खालको प्रतियोगिता प्रत्येक दुई वर्षमा आयोजना गर्ने लक्ष्य लिएको खेल संयोजक तथा धरान एफसिका उपाध्यक्ष सबिन राईले बताए । खेल सम्पन्न गर्नका लागी सहयोग गर्ने सम्पूर्ण संघ संस्थालाई धरान एफसिका अध्यक्ष योमन देवानले धन्यवाद ज्ञापन दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको