September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

लेग स्पिनर सन्दीप लामिछाने आज इंग्ल्यान्ड प्रस्थान गर्दै

काठमाडौं, राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने आज इंग्ल्यान्ड प्रस्थान गर्दैछन् । दुई सातापछि इंग्ल्यान्डमा हुने द हन्ड्रेड प्रतियोगिता खेल्न सन्दीप आज राति ११ बजे टर्किस एयरलाइन्समार्फत त्यसतर्फ जान लागेका हुन् । 

द हन्ड्रेन्ड मा सन्दीप ओभल इन्भिनसिभलसबाट खेल्नेछन् । इंग्ल्यान्ड पुगेपछि सन्दीप १० दिन क्वारेन्टिनमा बस्नेछन् । क्वारेन्टिन बसाइमा २ पटक कोरोना परीक्षण गरेपछि सन्दीप टिममा सहभागी हुनेछन् ।

द हन्ड्रेन्ड २२ जुलाई देखि २१ अगष्ट सम्म हुनेछ भने आठ टोली सहभागी प्रतियोगिता राउन्ड रोविन लिगको आधारमा हुनेछ । सन्दीपको टोलीले उद्धघाटन खेलमा म्यानचेस्टर ओर्जिनल्ससँग खेल्नेछ ।

शीर्ष समाचार

धेरै पढिएको