September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

कोपा अमेरिकाको फाइनलमा ब्राजिल

ब्राजिल कोपा अमेरिकाको फाइनलमा पुगेको छ । आज सम्पन्न पहिलो सेमीफाइनलमा पेरुलाई ०(१ गोलले पराजित गर्दै आयोजक तथा डिफेन्डिङ च्याम्पियन ब्राजिल फाइनलमा पुगेको हो । निकै रोचक प्रतिष्पर्धाको ३५ औ मिनेटमा ब्राजिलका लुकास पाक्वेटाले गरेको एकमात्र गोल निर्णायक बन्यो ।

प्रतिष्पर्धाको सुरुदेखि नै पेरुमाथि दवदवा जमाएको ब्राजिलको फाइनल खेल अब कोलम्विया र अर्जेन्टीनाबीचको विजेतासँग हुनेछ । कोलम्विया र अजेन्टिनाबीचको अर्को सेमीफाइनल खेल भोलि हुँदैछ ।

दक्षिण अमेरिकामा फुटबलको बादशाह मानिने ब्राजिल र अर्जेन्टिनाबीच नै फाइनल भेट हुने अनुमान धेरै फुटबलप्रेमीहरुको छ ।ब्राजिल कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । पेरुविरुद्ध १० को जीत हासिल गर्दै ब्राजिल फाइनलमा प्रवेश गरेको हो ।

शीर्ष समाचार

धेरै पढिएको