September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

युराेकपकाे सेमिफाइनल खेल जुलाई ७ मा हुने

काठमाडौं, युरोकपमा सेमिफाइनलका खेलहरु जुलाइ ७ बाट शुरु हुँदैछ । युरोकप फुटबल अन्तर्गतको १६औं संस्करणको सेमिफाइनल समीकरण पूरा भएको छ ।

युरोपका विभिन्न ११ वटा सहरमा भइरहेको युरोकप फुटबलमा शुक्रबार राति इङ्ल्यान्ड र युक्रेनबीचको खेल सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।

रोममा गएराति भएको अन्तिम क्वाटरफाइनल खेलमा युक्रेनलाई ४-० गोलले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको छ । इंग्ल्यान्डलाई सानदार जित दिलाउन कप्तान ह्यारी केनले दुई गोल गरे भने ह्यारी मग्वाएर र जोर्डन हेण्डरसनले एक एक गोल गरेका थिए ।

योसँगै इंग्ल्यान्ड २५ वर्षपछि युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ । अब इंग्ल्यान्डले सेमिफाइनलमा डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ ।

शीर्ष समाचार

धेरै पढिएको