October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

जर्मनीलाई हराउँदै इंग्ल्यान्ड क्वाटरफाइनलमा प्रवेश

जर्मनीलाई हराउँदै इंग्ल्याण्ड युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा इंग्ल्याण्ड २-० गोलले विजयी बनेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा इंग्ल्याण्डलाई जीत दिलाउन राहिम स्टर्लिङ र ह्यारी केनले एक-एक गोल गरे ।

स्टर्लिङले खेलको ७५ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए भने केनले ८६ औँ मिनेटमा गोल गर्दै जीत सुनिश्चित गरे ।

यसअघि जर्मनीका लागि थाेमस मुलरले गोलको सुन्दर अवसर गुमाएका थिए । इंग्ल्याण्डले कुनै मुख्य प्रतियोगितामा जर्मनीलाई हराएको सन् १९६६ यता पहिलो पटक हाे । अब इंग्ल्याण्ड युक्रेन र स्वीडेनबीचको विजेतासँग क्वार्टरफाइनलमा भिड्नेछ ।

शीर्ष समाचार

धेरै पढिएको