April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

युरोकप:स्वीट्जरल्याण्ड र स्पेनको जीत

जारी युरोकप २०२० अन्तर्गत आज बिहान सम्पन्न अन्तिम १६ को खेलमा स्वीट्जरल्याण्डले विश्वविजेता फ्रान्सलाई पराजित गर्दै क्‍वाटरफाइनलमा आफ्नो स्थान पक्का बनाएको छ । टाइब्रेकरमा युवा स्टार खेलाडी किलियन एम्बाप्पेले प्रहार गरेको पेनाल्टीलाई गोलरक्षक यान सोमरले विफल पारेपछि फ्रान्स युरो २०२० बाट बाहिरिएको हो ।

पहिलो हाफमा एक गोलले पछि परेको फ्रान्सले दोस्रो हाफमा बेन्जेमाले २ मिनेटको अन्तरमा २ सानदार गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । फ्रान्सका अर्का युवा खेलाडी पोग्बाले अर्को उत्कृष्ट गोल गर्दै फ्रान्सको अग्रतालाई दोब्बर बनाएका थिए । तर स्वीट्जरल्याण्डले अन्तिम मिनेटमा गोल बराबरी गर्दै खेललाई अतिरिक्त समयबाट टाइब्रेकरमा पुर्‍याएको थियो । टाइब्रेकरमा स्वीट्जरल्याण्डले ५-४ को जीत दर्ता गर्दै पहिलोपटक युरोकपको इतिहासमा क्‍वाटरफाइनलमा प्रवेश गरेको छ ।

अब स्वीट्जरल्याण्डले क्‍वाटरफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । गएराती सम्पन्न पहिलो खेलमा स्पेनले क्रोएसियालाई ५-३ गोलको फराकिलो अन्तरले पराजित गरेको छ । डेनमार्कको राजधानी कोपनहेगनमा सम्पन्न खेलमा कूल ८ गोल भए । पहिलो हाफको २०औं मिनेटमा स्पेनिस मिडफिल्डर पेड्रिकोले आफ्नै गोलरक्षकलाई दिएको ब्याकपास नियन्त्रणमा लिन नसक्दा स्पेनिस पोष्टमा आत्माघाती गोल हुन पुगेको थियो । तर खेलको ३८औं मिनेटमा गोल गर्दै स्पेनले पहिलो हाफ बराबरीमा रोकेको थियो ।

दोस्रो हाफमा भने स्पेनले थप चार गोल र क्रोएसियाले थप दुई गोल गर्दै खेल ५-३ गोलमा टुङ्गिएको थियो । २०१० को विश्व विजेता स्पेनले २०१८ को विश्वकप उपविजेता क्रोएसियालाई ५-३ गोलको निकैनै रोमाञ्जक खेलमा पराजित गर्दै आफ्नो क्‍वाटर फाइनलको यात्रा पक्का गरेको छ । युरोकप २०२० को प्रि-क्‍वाटरफाइनलका अन्तिम दुई खेलहरु आज बेलुकी खेलिदैछन् । जसअन्तर्गत पहिलो खेल इङ्ल्याण्ड र जर्मनीबीच बेलुकी ९.४५ बजे खेलिदैछ । त्यसैगरी दोस्रो खेल मध्यरात १२.४५ बजे स्वीडेनले युक्रेनसँग प्रतिस्पर्धा गर्दैछ ।।

शीर्ष समाचार

धेरै पढिएको