October 20, 2021, Wednesday
२०७८ कार्तिक ३, बुधबार

३-३ गाेलकाे बराबरीपछि पेनाल्टीमा फ्रान्सलाई हराउदै स्वीजरल्यान्ड क्वाटरफाइनल प्रवेश

काठमाडौं असार१५ फ्रान्स र स्वीजरल्यान्ड ३-३ गाेलकाे बराबरी पछि पेनाल्टीमा स्वीजरल्यान्डले फ्रान्सलाई हराएको छ । याेसंगै अब स्वीजरल्यान्ड युराेकप क्वाटर फाइनलमा पुगेकाे छ।

निर्धारित ९० मिनेटको खेल ३-३ गोलको बराबरीमा रोकिएको थियाे भने ३० मिनेटको अतिरिक्त समयमा बाँकी गोल हुन नसक्दा पेनाल्टी दिइएकाेे थियो । फ्रान्सका लागि करिम बेन्जिमाले दुई तथा पौल पोग्बाले एक गोल गरेका थिए भने स्वीजरल्यान्डका लागि ह्यारीस सेफेरोभिचले दुई तथा मारियो गाभ्रानोभिचले एक गोल गरेका थिए ।

फ्रान्सका स्टार फरवार्ड किलियान एम्बाप्पेले हानेको पेनाल्टी स्वीस गोलकिपर यान सोम्मरले बचाएपछि स्वीजरल्यान्डले युरोपियन च्याम्पियनसिपमा पहिलो पटक क्‍वार्टरफाइनलको यात्रा तय गर्न सफल भएको छ।

शीर्ष समाचार

धेरै पढिएको