October 20, 2021, Wednesday
२०७८ कार्तिक ३, बुधबार

युरोकप फूटबल: पोर्चुगललाई ४–२ गोलले पराजित गर्दै जर्मनीको फराकिलो जित

काठमाडौं, युरोकप फूटबल अन्तर्गत गए राति भएको खेलमा जर्मनीले दुई आत्मघाती गोलको उपहारसँगै पहिलो जित निकालेको छ । समूह एफ मा जर्मनीले साविक विजेता पोर्चुगलमाथि ४–२ गोलको फराकिलो जित निकालेको हो ।

म्युनिखको एलिनाज स्टेडियममा पोर्चुगलले १५औं मिनेटमा कप्तान क्रिष्टियानो रोनाल्डोको गोलसँगै अग्रता बनायो ।

जर्मनीविरुद्ध रोनाल्डो यो पहिलो गोल हो भने उनले देशका लागि अन्तर्राष्ट्रिय गोल संख्या १ सय ७ पुर्‍याएका छन् । त्यस्तै युरोकपमा उनको यो कीर्तिमानी १२ औं गोल हो ।

तर ३५ औं मिनेटमा पोर्चुगलका रुबेन डायस र ३९औं मिनेटमा राफायल गुइरेरोले आत्मघाती गोलसँगै जर्मनीले २–१ को अग्रता लियो । त्यसपछि ५१औं मिनेटमा काइ हाभर्टेज र ६०औं मिनेटमा रोबिन गोसेन्सले गोल थपेपछि जर्मनीले ४–१ ले अग्रता बनायो ।

पोर्चुगलका लागि ६७औं मिनेटमा डिएगो जोटाले गोल गरेपछि जर्मनी समग्रमा ४–२ ले विजयी भयो । पहिलो खेलमा जर्मनी फ्रान्ससँग १–० ले पराजित भएको थियो । उता पोर्चुगलले पहिलो खेलमा हंगेरीलाई ३(० ले हराएको थियो ।

यस्तै आज समूह ए को दुई खेल हुँदैछन् । इटाली र वेल्स अनि स्वीट्जरल्याण्ड र टर्कीले राति पौने दश बजे प्रतिस्पर्धा गर्नेछन् ।

शीर्ष समाचार

धेरै पढिएको