June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

फिफा विश्वकप: जोर्डनसँग नेपाल ३–० गोलले पराजित

काठमाडौं, फिफा विश्वकप फूटबल तथा एसियन कप छनोट खेलमा जोर्ड्नसँग नेपाल पराजित भएको छ । फिफा विश्वकप २ हजार २२ तथा एसियन कप २०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल जोर्डनसँग ३–० गोलले पराजित भएको हो ।

कुवेत सिटीको जबर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा जोर्डनका लागि बहा फैजलले दुई गोल गरेका थिए । जोर्डनले २४ औं मिनेटमा फैजलको पेनाल्टी गोलमार्फत अग्रता बनाएको थियो । रोहित चन्दले डीबक्सभित्र मौसा मोहमद सुलेमानलाई लडाएपछि जोर्डनले पेनाल्टी प्रहारको अवसर पाएको थियो ।

त्यसपछि जोर्डनले ४९ औं मिनेटमा फैजलको व्यक्तिगत दोस्रो गोलसँगै अग्रता दोब्बर बनाएको थियो । जोर्डनका लागि ६७ औं मिनेटमा यजान अल अरबीले तेस्रो गोल थपेका थिए । जितपछि समूह बीमा ६ खेलबाट १३ अंक जोड्दै जोर्डन तालिकाको दोस्रो स्थानमा छ। शीर्ष स्थानको अष्ट्रेलियाको ५ खेलबाट १५ अनि कुवेतको ६ खेलबाट १० अंक छ ।

नेपाल भने सात खेलबाट ६ अंकसहित चौथो स्थानमा छ। नेपालले अन्तिम खेलमा जेठ २८ गते अष्ट्रेलियासँग खेल्ने छ । नेपालले समूहमा चाइनिज ताइपेईविरुद्ध दुबै खेल जित्दा अन्य सबै खेलमा हारेको छ ।

शीर्ष समाचार

धेरै पढिएको