October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

इराकसँगको मैत्रिपूर्ण खेलमा नेपाल ६-२ गाेलले पराजित

काठमाडौं– इराकको बसरामा शनिबार राति भएको मैत्रिपूर्ण खेलमा नेपाल इराकसँग ६–२ गाेलले पराजित भएको छ ।इराकको बसरास्थित अल फेहा अन्तराष्ट्रिय मैदानमा भएको मैत्रिपूर्ण खेलको छैटौं मिनेटमा इराकले अग्रता लिएको थियो । त्यसको एक मिनेटमै इराकी खेलाडी हमद इब्राहिम खलाफको आत्मघाती गोलमा नेपालले बराबरी गरेको थियो । २८ औं मिनेटमा मनीष डाँगीको गोलले नेपाल २–१ को स्थितिमा पुग्यो ।

नेपाललाई दुई गोलमै रोक्दै इराकले लगातार तीन गोल थप्यो । र, पहिलो हाफ अगाडि ४–२ बनायो ।दोस्रो हाफमा नेपाल गोलको अवसरबाट चुक्दा इराकले अरु दुई गोल थपेर ६–२ मा खेल टुंग्यायो ।नेपालले फिफा वरीयतामा माथिल्लो स्तरमा रहेको इराकविरुद्ध मैत्रिपूर्ण खेल खेलेको हो । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलको तयारीका लागि नेपालले आफूभन्दा उच्च वरीयताको टिम इराकसँग मैत्रीपूर्ण खेल खेलेको हो ।फिफा वरीयतामा इराक नेपाल भन्दा १ सय ३ औं स्थान माथि रहेको छ ।

इराक ६८ औं स्थानमा छ भने नेपाल १ सय ७१ औं स्थानमा नेपालको यही टोलीले विश्वकप छनोटका बाँकी ३ खेल पनि खेल्नेछ । अब नेपालले जुन ३ मा ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ। इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोली कुवेत जानेछ ।

शीर्ष समाचार

धेरै पढिएको