October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

भलिबलको बन्द प्रशिक्षणका लागि ३० खेलाडी छनोट

काठमाडौं, फिलिपिन्समा आयोजना हुने एशियन महिला भलिबल च्याम्पियनसिपका लागि नेपाल भलिबल सङ्घले ३० खेलाडी छनोट गरेको छ ।सङ्घका उपाध्यक्ष निरोज मास्के, प्रशिक्षक प्रज्वलबहादुर सिंह र महिला टोलीका पूर्वप्रशिक्षक भट्टको छनोट समितिले खेलाडी छनोट गरेको हो

सङ्घले प्रशिक्षणको जिम्मा भने जगदीशप्रसाद भट्टलाई दिने निर्णय गरेको छ । बन्द प्रशिक्षणका लागि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबाट आठ, नेपाल प्रहरीको पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब र न्यू डायमण्ड क्लबबाट सात सात तथा भरतपुर मेट्रोबाट एउटा खेलाडी छनोट गरिएको नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए ।

आर्मीबाट सुनिता खड्का, सोफिया पुन, शान्ति थारू, जानकी भण्डारी, सरस्वती जैसी, कृपा अधिकारी, सङ्गम महतो र सृष्टि खड्का, पुलिसबाट कमला पुन, उषा भण्डारी, पुनम चन्द, कामना बिष्ट, लक्ष्मी चन्द, मनिषा चौधरी र शान्तिकला तामाङ, एपिएफबाट सरस्वती चौधरी, निरुता ठगुन्ना, हीरा केसी, उषाकुमारी बिष्ट, पूजा चौधरी, रेश्मा भण्डारी र कविता भट्ट, न्यू डायमण्ड स्पोर्ट्स क्लबबाट प्रतिभा माली, अरुणा शाही, सलिन श्रेष्ठ, बाल्मिका आचार्य, झरना श्रेष्ठ, रीया कुँवर र रीमा कुँवर तथा भरतपुरबाट सरस्वती कट्टेललाई छनोट गरिएको छ ।

यस्तै वैकल्पिक खेलाडीका रुपमा भरतपुरकी आरती सुवेदी र निशा चौधरी, डायमण्डकी प्रगति नाथ, ढोरपाटनकी पुष्पा शाही र पुलिसकी पुष्पा चौधरीलाई चयन गरिएको चन्दले बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको