
काठमाडौं, विश्वकप फुटबल २०२२ को छनोट खेल्न नेपालको राष्ट्रिय फुटबल टोलि बुधवार इराक प्रस्थान गरेको छ । उक्त खेल शनिबार इराकको बसरास्थित फुटबल रङ्शालामा खेलाइनेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार
नेपालले इराकको राष्ट्रिय फुटबल टोलिसँग विश्वकप छनोटको तयारीस्वरुप एक मैत्रीपूर्ण खेल खेल्नेछ ।
कतार एयरवेजको विशेष उडानबाट राष्ट्रिय फुटबल टोलि र खेल अधिकारीसहितको ३५ सदस्यीय टोलि आज राति ११ बजे इराक प्रस्थान गरेको हो ।
टोलीमा २३ जना खेलाडी र १२ जना खेल अधिकारी छन् । इराकमा मैत्रीपूर्ण सम्पन्न भएपछि राष्ट्रिय टोलि कुवेतका लागि प्रस्थान गर्नेछ ।







