
काठमाडौं, इंग्लिस प्रिमियर लीग अन्तरगत गएराति सम्पन्न भएको म्यानचेस्टर युनाईटेडमाथि प्रभावशाली जित निकाल्दै लिभरपुलले च्याम्पियन्स लीगमा छनोटको सम्भावना बलियो बनाएको छ ।
खेलमा लिभरपुलले म्यान्युलाई ४–२ ले हराएको हो । म्यान्युका लागि खेलको दशौं मिनेटमै ब्रुमो फर्नान्डेजले अग्रता दिलाएका थिए ।
लिभरपुलले ३४ औं मिनेटमा जोटाको गोलबाट खेल बराबरीमा ल्यायो । फिरमिन्होले खेलको ४५ र ४७ औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए ।
म्यान्युका लागि रासफोर्डले ६८ औं मिनेटमा गोल गरे । तर मोहम्मद सलाहले ९० औं मिनेटमा गोल गरेपछि लिभरपुल ४२ ले विजयी भयो ।
यस्तै ३६ खेल खेलेको म्यान्यु ७० अंकसहित लीगको दोस्रो स्थानमा छ । एक खेल कम खेलेको लिभरपुल ६० अंकसहित अंकतालिकाको पाँचौं स्थानमा छ ।एजेन्सी







