June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

प्रिमियर लिग: एस्टन भिल्लालाई ३–१ गोलले हराउँदै म्यानचेस्टर शीर्षस्थानमा

काठमाडौं, इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार भएको खेलमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई ३–१ ले पराजित गरेको छ । जितसँगै म्यानचेस्टर शीर्षस्थानको म्यानचेस्टर सिटीसँग १० अंकको दूरीमा रहन सफल भएको हो ।

जसमा म्यानचेस्टरका लागि ब्रुनो फर्नान्डेज, मेसन ग्रिनउड र वैकल्पिक खेलाडी एडिसन काभानीले निर्णायक गोल गरेका थिए । भिल्लाका लागि अन्तिम समयमा ओली वाटकिन्सले एक गोल फर्काएका थिए ।

यस्तै अर्को खेलमा उल्भसले एक गोलले पछाडि रहेको स्थिति उल्टाएर १० खेलाडीमा समेटिएको ब्राइटनलाई २–१ ले हरायो ।

यसअघि लिग उपाधि जित्न ३ अंकमात्र चाहिने म्यानचेस्टर सिटी शनिबार चेल्सीको हातबाट घरमा २–१ ले पराजित भएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको