June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

युरोपा लिग: म्यानचेस्टर युनाइटेड फाइनलमा प्रवेश

काठमाडौं, इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपको दोस्रो ठूलो क्लब फूटबल प्रतियोगिता युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ ।

बिहिवारराति भएको सेमिफाइनल अन्तर्गतको दोस्रो लेगमा इटालियन क्लब रोमासँगको ३–२ गोलले पराजित भएपनि समग्रमा ५–८ को नतिजासहित युनाइटेड फाइनल प्रवेश गरेको हो ।

गए राति रोमाको मैदानमा घरेलु टिमलाई जिताउन इडिन डजेको, ब्रयान क्रिस्टेनले समान एक गोल गरे भने रोमाले एउटा आत्मघाती गोल उपहारमा पाएको थियो ।

युनाइटेडका लागि भने इडिन्सन काभानीले दुई गोल गरेका थिए । खेलको ३९औँ मिनेटमा काभानीले गोल गर्दै युनाइटेडलाई सुरुआती अग्रता दिलाएका थिए । ५७औँ मिनेटमा डजेकोले गोल गर्दै रोमालाई खेलमा फर्काए ।

६०औँ मिनेटमा क्रिस्टेनले गोल गर्दै रोमालाई अग्रता दिलाएका थिए । ६८औँ मिनेटमा काभानीले दोस्रो गोल गर्दै युनाइटेडलाई बराबरीमा फर्काए । तर ८३औँ मिनेटमा युनाइटेडका एलेक्सट टेलेसले आत्मघाती गोल गरेपछि युनाइटेड पराजित भयो ।

शीर्ष समाचार

धेरै पढिएको