
काठमाडौं, युइएफए च्याम्पियन्स लीग अन्तर्गत म्यानचेस्टर सिटी पहिलो पटक फाइनलमा प्रवेश गरेको छ । आज बिहान सम्पन्न खेलमा सेमिफाइनलको दोश्रो लीगमा फ्रान्सेली च्याम्पियन पेरीस सेन्ट जर्मेन पीएसजीलाइ आफ्नै घरेलु मैदानमा २ -० ले पराजित गरेको हो ।
समग्रमा दुई लिगबाट ४-१ को जित निकाल्दै इङ्गलिस क्लव सिटी इतिहास वनाउदै फाइनलमा प्रवेश गरेको हो । पहिलो हाफको ११ औँ मिनेटमा रीयादले गोल गर्दै सिटिलाइ अग्रता पाएका थिए ।
दोश्रो हाफको ६३ औँ मिनेटमा फिल फोडेनको असिस्टलाइ गोलमा परिणत गर्दै रीयादले अग्रतालाइ दोब्बर गराएका थिए ।
खेलको ६९ औँ मिनेटमा पिएसजीका एन्जल डि मारीया रातो कार्डवाट वाहिरीएपछि १० खेलाडिमा सिमित पिएसजीलाइ दवाव सृजना भएको थियो ।
यस्तै सिटीले फाइनलमा आज राति हुने दोश्रो सेमिफाइनल रीयल मड्रिड र चेल्सीको विजेता संग खेल्नेछ ।







