
काठमाडौं, इन्डियन प्रिमियर लिग(आईपीएल)को जारी संस्करण स्थगित भएको छ । पछिल्लो दुई दिनयता एकपछि अर्को खेलाडी र कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि प्रिमियर लिग स्थगित भएको हो ।
आईपीएलका अध्यक्ष ब्रिजेश पटेलले जारी संस्करण स्थगित भएको पुष्टि गरेका छन् । “भारत क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले खेलाडी, कर्मचारी र अन्य सहभागीको स्वास्थ्यलाई लिएर जोखिम लिन खोज्न चाहन्न ।”, प्रिमियर लिगले जारी गरेको वक्तब्यमा भनिएको छ ।







