May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

आईपीएल: पन्जाबसँग बेंग्लोर ३४ रनले पराजित

  • 1
    Share

काठमाडौं, इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शुक्रबार भएको खेलमा पन्जाब किंग्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई ३४ रनले पराजित गरेको छ ।

जितसँगै चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्सलाई उछिन्दै बेंग्लोरले शीर्षस्थानमा पुग्ने मौका गुमाएको छ । तीनै टोलीको समान १० अंक छ, तर बेंग्लोर तेस्रो स्थानमा छ ।


देब्रे हाते स्पिनर हरप्रितले बेंग्लोरका कप्तान विराट कोहली, ग्लेन म्याक्सवेल र एबी डी भिलियर्सलाई आउट गर्दै खेल पन्जाबको पक्षमा फर्काएका थिए ।

उनको प्रयासमा १ सय ८० रनको लक्ष्य लिएर आएको बेंग्लोरले २० ओभर खेले पनि ८ विकेट गुमाई १ सय ४५ रनमात्र बनाउन सक्यो । सातौं खेलमा पन्जाबको यो तेस्रो जित हो ।

आफ्नो पहिलो ओभरमा १० रन खर्चेका हरप्रितले फालेको ११ औं ओभरले खेलको नक्सा परिवर्तन गरेको थियो । उनले सो ओभरमा कोहली र म्याक्सवेललाई लगातार बलमा बोल्ड गर्दै मेडन फालेका थिए ।

त्यसपछिको आफ्नो अर्को ओभरमा उनले डी भिलियर्सलाई ३ रनमा आउट गरे । कोहलीले पन्जाबबाट सर्वाधिक ३५ रन बनाए ।

तर त्यसका लागि ३४ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे । म्याक्सवेल पहिलो बलमै आउट भए । कोहलीलाई आउट गर्दै हरप्रितले आईपीएलमा आफ्नो पहिलो विकेटको खाता खोलेका हुन् ।

शीर्ष समाचार

धेरै पढिएको