
नयाँदिल्ली, इन्डियन प्रियमर लिग (आईपीएल) अन्तर्गत बिहीबार भएको खेलमा दिल्ली क्यापिटल्स।क्रिकेटको दोस्रो स्थानमा उक्लेको छ । दिल्लीले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गरेको हो । दिल्लीको सातौं खेलमा यो पाँचौँ जित हो ।
दिल्ली, चेन्नई सुपर किंग्स, रोयल च्यालेन्जर बेंग्लोरको पनि समान १० अंक रहेको छ । तर नेट रन रेटका कारण चेन्नई शीर्ष स्थानमा छ । कोलकाताले सातौं खेलमा पाँचौं पराजय बेहोरेको हो । मुम्बई ६ अंकसहित चौथो स्थानमा छ ।
दिल्लीले १ सय ५५ रनको लक्ष्य १६.३ ओभरमा पूरा गरेको हो । पहिलो ओभरमै शिभम माभीलाई ६ चौका प्रहार गरेका शले ४१ बलमा ८२ रन बनाए । यस्तै १८ बलमै अर्धशतक पूरा गरेका उनले ११ चौका र ३ छक्का प्रहार गरेका थिए ।







