May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

प्रिमियर लिग: लेष्टर सिटीसँग प्यालेस २–१ गोलले पराजित

  • 2
    Shares

काठमाडौं, इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटी विजयी भएको छ । गए राति भएको खेलमा लेष्टरले क्रिस्टल प्यालेसमाथि पुनरागमन गर्दै २–१ गोल अन्तरको जित निकालेको हो ।

लेष्टरको मैदानमा खेलको १२ औं मिनेटमा विल्फ्रिड जाहाले गोल गर्दै क्रिस्टललाई सुरुवाती अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा भने लेष्टरले पुनरागमन गरेको थियो ।

खेलको ५० औं मिनेटमा टिमोथी कास्टाग्नेले गोल गर्दै लेष्टरलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ८० औं मिनेटमा केलिची इहानाचोले गोल गर्दै लेष्टरलाई २–१ को जित दिलाए।

जितसँगै लेष्टरले ३३ खेलमा ६२ अंक जोडेको छ । तेस्रो स्थानमा रहेको लेष्टर च्याम्पियन्स लिग छनोट नजिक समेत पुगेको छ । क्रिस्टल ३८ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको