
काठमाडौं, इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी भएको छ ।
आईपीएलको पछिल्लो खेलमा कोलकाताले पञ्जाब किंग्समाथि ५ विकेटको जित निकालेको हो । १ सय २४ रनको लक्ष्य कोलकाताले २० बल अगावै ५ विकेट गुमाएर भेट्टाएको थियो ।
जसका लागि कप्तान इयोन मोर्गनले नटआउट ४७ तथा राहुल त्रिपाठीले ४१ रन बनाए । यसअघि अहमदाबादमा टस हारेर ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २३ रन बनाएको थियो ।
कोलकाता पाँचौं तथा पञ्जाब छैठौं स्थानमा छन् । प्रतियोगिता अन्तर्गत आज दिल्ली क्यापिटल्स र रोयल च्यालेञ्जर्स बेंग्लोरले प्रतिस्पर्धा गर्नेछन् ।







