May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

आइपीएलबाट बाहिरिए चर्चित स्पिनर आश्विन

  • 10
    Shares

नयाँदिल्ली, भारतीय क्रिकेटका हस्ती रवीचन्द्रन आश्विनले भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको चालू सिजनबाट बाहिरिने घोषणा गरेका छन् ।

परिवारका सदस्यहरु कोभिड–१९ को सङ्क्रमणको चपेटामा परेको अवस्थामा उनीहरुलाई साथ सहयोग दिनुपर्ने जनाउँदै आश्विनले सिजनका बाँकी खेल नखेल्ने बताएका हुन् ।

स्पिनर आश्विनले यसपटक दिल्ली क्यापिटल्सबाट खेलिरहेका थिए । आश्विनले ट्विटमा भनेका छन्,“अहिलेको कठिन अवस्थामा मैले परिवारलाई मद्दत गर्नु मेरो प्रमुख जिम्मेवारी हो।”

भारतमा कोरोना भाइरसको महामारी तिब्र रुपमा फैलिएको अवस्थामा आइपीएल खेलाउनु ठिक नरहेको भन्दै आलोचना पनि हुन थालेको छ ।

शीर्ष समाचार

धेरै पढिएको