
काठमाडौं, त्रीदेशीय श्रृंखलामा नेपालका क्रिकेटर कुशल भुर्तेलले लगातार अर्धसतक बनाएका छन् । उनले नेपालले त्रीदेशीय श्रृंखलामा खेलका ४ प्रतिस्पर्धामा अर्धसतक बनाएका हुन् ।
टी-२० अन्तर्राष्ट्रिय खेलको फाइनलमा नेपालले २ सय ३८ रनको हालसम्मकै सर्वाधिक स्कोर बनाउँदा कुशलले ७७ रन बनाए । ५३बलमा ८ चौका र ३ छक्का हानेका थिए ।
कुशलले नेदरल्यान्डसँगको पहिलो खेलमा ६१, मलेशियासँगको खेलमा ६१ र नेदरल्यान्डसँगको यसअघिको खेलमा ६२ रन बनाएका थिए ।







