December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

आईपीएल: राजस्थानलाई १० विकेटले पराजित गर्दै बैंगलोर शिर्ष स्थानमा

नयाँदिल्ली, ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले लगातार चौंथो जित निकालेको छ । गए राति भएको खेलमा राजस्थान रोयल्सलाई १० विकेटले पराजित गर्दै बैंगलोरले चौंथो जित निकालेको हो ।

राजस्थानले दिएको १ सय ७८ रनको लक्ष्य बैंगलोरले १६ ओभर ३ बलमा कुनै पनि विकेट नगुमाई पुरा गरेको थियो । जितसँगै बैंगलोरले ४ खेलमा ८ अंक जोड्दै बैंगलोर शीर्ष स्थानमा उक्लिएको छ ।

राजस्थानले ४ खेलमा २ अंक जोडको छ । राजस्थान पुछारमा रहेको छ । आईपिएलमा आज पञ्जाब किङ्ग्स् र मुम्बई इन्डियन्स्बीच प्रतिस्पर्धा हुनेछ ।

शीर्ष समाचार

धेरै पढिएको