December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा

काठमाडौं, स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड शीर्ष स्थानमा पुगेको छ । बुधबार राति भएको खेलमा रियल काडिजलाई ३-० गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा पुगेको हो ।

काडिजको मैदानमा रियललाई जित दिलाउन करिम बेन्जिमाले दुई गोल गरेका थिए । अल्भारो ओड्रीजोलाको नाममा एक गोल रह्यो । जितसँगै रियलले ३२ खेलमा ७० अंक जोडेको छ । काडिज ३६ अंक जोडेर १३औं स्थानमा छ ।

शीर्ष समाचार

धेरै पढिएको