
मुम्बई, इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गए राति भएको खेलमा चेन्नई सुपरकिङ्ग्ससँग राजस्थान रोयल्स ४५ रनले पराजित भएको छ ।
जितसँगै चेन्नई अंक तालिकाको दोस्रो स्थानमा पुगेको हो । तीन खेलमा दोस्रो पराजय झेलेको राजस्थान भने छैटौं स्थानमा छ ।
१८९ रनको लक्ष्य पछ्याएको राजस्थान रोयल्सका लागि प्रारम्भिक ब्याट्सम्यान मनन बोहरा र जोस बटलरले औसत सुरुवात गरे पनि मध्यक्रमका ब्याट्सम्यान क्रिजमा धेरैबेर टिक्न सकेनन् ।
राजस्थानका लागि बटलरले सर्वाधिक ४९ रन बनाए भने जयदेव उनादकटले २४, राहुल तेवटियाले २०, शिवम दुवेले १७ र मनन बोहराले १४ रन बनाए ।
राजस्थानका ब्याट्सम्यानलाई सस्तोमै समेट्न चेन्नईका लागि मोइन अलीले ३ विकेट लिए भने रविन्द्र जडेजा र साम करनले दुई÷दुई, शार्दुल ठाकुर र ड्वेन ब्राभोले एक÷एक विकेट लिए । एजेन्सी







