December 8, 2021, Wednesday
२०७८ मंसिर २२, बुधबार

आईपीएल: दिल्लीसँग पञ्जाब किंग्स ६ विकेटले पराजित

नयाँदिल्ली, इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेट दिल्ली क्यापिटल्स विजयी भएको छ । आईपीएल अन्तर्गत गएराति भएको खेलमा दिल्लीले पञ्जाब किंग्सलाई ६ विकेटले हराएको हो ।

१ सय ९६ रनको लक्ष्य दिल्लीले खेल सकिन १० बल अगावै ४ विकेटको नोक्सानीमा पूरा गरेको थियो । दिल्लीका लागि शिखर धवनले ९२ रन जोडेका थिए । त्यस्तै पृथ्वी शाले ३२ रन बनाउँदा मार्कस स्टोइनिस २७ रनमा अविजित रहे ।

पञ्जाबका जी रिचार्डसनले दुई विकेट लिए । यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो ।

पञ्जाबका मयंक अग्रवालले ६९ तथा कप्तान केएल राहुलले ६१ रन बनाए । जितसँगै तीन खेलबाट ४ अंक जोड्दै दिल्ली तालिकाको दोस्रो स्थानमा पुगेको छ । यस्तै प्रतियोगिता अन्तर्गत आज चेन्नई सुपर किंग्स र राजस्थान रोयल्सले प्रतिस्पर्धा गर्नेछन् ।

शीर्ष समाचार

धेरै पढिएको