April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

आईपीएल: मुम्बईसँग हैदरावाद १३ रनले पराजित

नयाँदिल्ली, इन्डियन प्रीमियर लिग (आईपीएल)को २०२१ सिजन अन्तर्गत गए राति भएको खेलमा मुम्बई इन्डियन्सले आफ्नो दोस्रो जीत हासिल गरेको छ । नवौँ खेलमा मुम्बईले सनराइजर्स हैदरावादलाई १३ रनले पराजित गरेको हो ।


जितसँगै मुम्बई अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । खेलमा छक्काको कयौँ रेकर्ड बनेको थियो । यसैमा रोहित शर्मा आईपीएलमा सबैभन्दा छक्का हान्ने भारतीय खेलाडी खेलाडी बनेका छन् । त्यस्तै, किरोन पोलार्डले प्रतियोगितामा २०१ औँ छक्का हिर्काउँदै विराट कोहलीको बराबरी गरेका छन् ।

पोलार्डले अन्तिम ओभरमा दुई छक्का हिर्काएका थिए । उनले २२ बलमा नटआउट रहँदै ३५ रन बनाए । उनी खेलको म्यान अफ द म्याच पनि चुनिए ।

मुम्बईका कप्तान रोहित शर्माले टस जितेर पहिलो ब्याटिङ गरेका थिए । टोलीले ५ विकेटको क्षतिमा १५० रन बनायो । जवाफमा हैदरावादको टोलीले १३७ रन मात्र बनाउन सक्यो ।

हैदरावादका लागि जोनी ब्रेस्टोले २२ बलमा ४३ रनको पारी खेले  । कप्तान डेविड वार्नरले ३६ र विजय शंकरले २८ रन बनाए । मुम्बईका लागि चाहुल चाहर र ट्रेन्ट बोल्टले ३–३ विकेट लिएका थिए ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको