November 30, 2021, Tuesday
२०७८ मंसिर १५, बुधबार

आईपीएल: चेन्नाईसँग पञ्जाब किंग्स ६ विकेटले पराजित

काठमाडौं, इन्डियन प्रिमियर लिग (आईपीएल)को १४औं संस्करणमा चेन्नाईले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको छ । आईपीएलमा महेन्द्र सिंह धोनीले चेन्नाई सुपर किंग्सका लागि दुई सयौँ खेल खेल्दा चेन्नाई सुपर किंग्सले जित हासिल गरेको हो ।


मुम्बईस्थित वाङखडे स्टेडियममा भएको सो खेलमा पञ्जाबले दिएको १०७ रनको लक्ष्य चेन्नाईले १५.४ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो । चेन्नाईका लागि मोइन अलीले सर्वाधिक ४७ रन बनाए । उनले ३१ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरेका थिए ।

यस्तै ओपनर फाप डु प्लेसिसले अविजित ३६ रन जोडे । पञ्जावका मोहम्मद शामीले २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञजावले २० ओभरमा ८ विकेट गुमाएर १०६ रन बनाएको थियो ।

पञ्जावका लागि साहरुख खानले सर्वाधिक ४७ रन बनाए । उनले ३६ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे । झ्ये रिचर्डसनले १५ रन जोडेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको