May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

आईपीएल: दिल्ली क्यापिटल्ससँग चेन्नेई सुपर किंग्स ७ विकेटले पराजित

  • 9
    Shares

काठमाडौं, इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले चेन्नेई सुपर किंग्सलाई ७ विकेटले हराएको छ ।

गए राति भएको खेलमा चेन्नेईले दिएको एक सय ८९ रनको लक्ष्य दिल्लीले ८ बल बाँकी छँदै मात्र ३ विकेट गुमाएर भेट्टाएको हो ।

दिल्लीका शिखर धवनले ८५ तथा पृथ्वी शाले ७२ रनको अर्धशतकीय पारी खेले । चेन्नेईका शार्दुल ठाकुरले २ तथा डायन ब्राभोले एक विकेट लिएका थिए ।

यसअघि, मुम्बईमा टस हारेर पहिले ब्याटिङ्ग गरेको चेन्नेईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको